Aamsanchar

सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द गर्न ओलीको आग्रह

Author Image
बिहिवार, वैशाख २०, २०८१

काठमाडौं – केपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द गर्न आग्रह गरेका छन्। उनले सुकुम्बासीलाई व्यवस्थापन गर्न छोडेर डोजर चलाएर आतंक नमचाउन आग्रह गरेका हुन्।

´प्लास्टिकको छाप्रो रहेको सुकुम्बासी बस्तीमा हामीले डोजर देखाएर आतंक फैलाइरहेका छौं। डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या व्यवस्थापन गर्नतिर लागौं,`उनले भने।

उनले संघ, प्रदेश र स्थानीय सरकारलाई सुकुम्बासी समस्या व्यवस्थापन गरेर समाधान गर्न आग्रह गरे। ´डोजर चलाउने गरिबका छोराछोरी नै हो। गरिबका छोराछोरीलाई गरिबविरुद्ध डोजर चलाउन रोकौं। धनीले डोजर चलाएको मैले थाहा पाएको छैन,` उनले भने,` तीनवटै सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ।`

 

उनले लोकतन्त्रमा जे पनि गर्न नमिल्ने बताए। ´अहिले हामी सरकारमा आएका छौं। तर विभिन्न बहानामा कर्मचारीतन्त्र बाधक बनिरहेका छन्। जनताका समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्न चाहन्छु। लोकतन्त्रमा जे पनि गर्न मिल्दैन। सुकुम्बासी समस्या व्यवस्थापन गर्नुपर्छ। समाधान गरेर जानुपर्छ,` उनले भने।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)