Aamsanchar

सर्लाहीमा आगलागी हुँदा ६५ घर जले

Author Image
शुक्रवार, वैशाख २१, २०८१

सर्लाही – सर्लाहीको विष्णु गाउँपालिका–१ को बाराउद्योरण गाउँमा आगलागी हुँदा ६५ घर जलेका छन् । हिजो दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिन्डर विस्फोट हुँदा गाउँका ६५ घर जलेका वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिनुभयो ।

हिजो दिउँसो १ बजेतिरबाट शुरु भएको आगो स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले वारुणयन्त्र, चापाकलको पानीको सहारामा झन्डै चार घण्टापछि निभाइएको वडाध्यक्ष ठाकुरले बताउनुभयो । फुसको र खपडाको छानासहितका घर धेरै भएकाले आगो चाँडै फैलिएको उहाँको भनाइ छ ।

विष्णु गाउँपालिकाका प्रमुख जवाहरलाल यादवले आगलागीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको र भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका बताउनुभयो । अहिले क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर