Aamsanchar

‘वेटरको काम दिन्छौँ’ भन्दै वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ

Author Image
शुक्रवार, वैशाख २१, २०८१

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजा घरका दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला घर भएका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाहीको हरिवन घर भएकी ३७ बर्सिया कान्छीमाया घिसिङ छन् ।नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी गौतम मिश्रले  बताए ।

‘वेटरको काम दिन्छौँ’ भनेर नाबालिगहरूलाई ल्याएर उनीहरूले त्रास देखाएर वेश्यावृत्ति गराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीहरूले एक जना ग्राहकबाट ५ हजार देखी ८ हजारसम्म असुल्ने गरेको थाहा भएको छ । उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद लिएर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)