Aamsanchar

एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारकाे निर्णय

Author Image
शुक्रवार, वैशाख २१, २०८१

काठमाडौँ – नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ। यही वैशाख २० गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक सय रुपैयाँको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय भएको जानकारी दिइन्।

´नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ १०० (एक सय)दरको नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १०० दरको बैङ्क नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्नेु, मन्त्रिपरिषद निर्णयमा उल्लेख छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)