Aamsanchar

मोरङमा श्रीमतीको ह*त्या गरेर भाग्दै गरेका पुरूस पक्राउ

Author Image
शनिवार, वैशाख २२, २०८१

विराटनगर – मोरङको सुन्दरहरैँचामा पत्नी (श्रीमती)को हत्या गरेर फरार भएका एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–५ गोर्खाली टोलका ५० वर्षीय पदमबहादुर तामाङलाई शुक्रबार राति ९स्५५ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार सुन्दरहरैँचा–५ स्थित बूढी खोला किनारमा भाग्दै गरेका पदमबहादुरलाई इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले स्थानीयको सहयोग लिएर पक्राउ गरेको हो ।

पक्राउ परेका पदमबहादुरलाई बेलबारी प्रहरीको हिरासतमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार पदमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ । उनले आफ्नै पत्नी ४५ वर्षीया मनमाया तामाङको बुधबार राति हत्या गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन (मापसे) गरेर घर आएका पदमबहादुरले सामान्य पारिवारिक विवादमा बाँसले हिर्काएर पत्नी मनमायाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पत्नीलाई मारेपछि उनी फरार बनेका थिए । हत्या गरेर घरको कोठाभित्र छाडेको अवस्थामा बिहीबार बिहान शव फेला परेको थियो ।

 

सुत्ने कोठाको खाटमाथि अर्धनग्न र उत्तानो परेको अवस्थामा शव फेला परेको डीएसपी बस्नेतले बताए । मनमायाको हात र शरीरका विभिन्न भागमा चोटपटक थियो । प्रहरीका अनुसार पत्नीको हत्यापछि पदमबहादुरले छोरी रत्ना तामाङलाई ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भन्दै फोन गरेका थिए । भोलिपल्ट बिहान माइती घर पुगेर हेर्दा हत्या भएको अवस्थामा आमाको शव देखेपछि रत्नाले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरीका अनुसार घरमा पदमबहादुर र मनमाया मात्रै बस्दै आएका थिए । छोरी रत्नाको बिहे भइसकेको र छोरा वैदेशिक रोजगारीका लागि साउदीमा रहेको जानकारी प्रहरीले दिएको छ । शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाना पोस्टमार्टम गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर