Aamsanchar

ईडीभी चिठ्ठाकाे आज नतिजा आउने

Author Image
शनिवार, वैशाख २२, २०८१

काठमाडौं – अमेरिकाले सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (ईडीभी) २०२५ को नतिजा आज आउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार आज राति ९ बजे ईडीभी २०२५ को नतिजा हेर्न सकिनेछ ।

आफ्नो कन्फरमेसन नम्बर https://dvprogram.state.gov/ESC/ राखेर ईडीभी परे वा नपरेको नतिजा हेर्न सकिने दूतावासले जनाएको छ । यसबाहेक अन्य माध्यमबाट ईडीभीको नतिजा हेर्न नमिल्ने पनि दूतावासले स्पष्ट पारेको छ ।

अमेरिकाले आफ्नो देशमा विश्वका विभिन्न मुलुकका नागरिकलाई भित्र्याउन हरेक वर्ष ईडीभी चिठ्ठा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर