![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240506_102406492.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौं – नवौँ राष्ट्रिय पत्रकारिता दिवस, गोरखापत्र प्रकाशन प्रारम्भ भएको दिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि सं। १९५८ वैशाख २४ गते साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन शुरु भएको थियो ।
गोरखापत्र प्रकाशनको १२४ वर्ष लागेको छ । सरकारीस्तरबाट अखबार प्रकाशन शुरु भएको दिनको अवसर पारेर सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
दिवसको अवसरमा सञ्चार मन्त्रालय तथा गोरखापत्र संस्थानले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। गोरखापत्रले आफ्ना पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गर्दैछ। राणा शासनकालमा श्री ३ देवशमशेरले देश दुनियाका खबरद्वारा जनतालार्ई ससूचित गराउने उद्देश्य राखेर स्थापना गराएको गोरखापत्र २०१७ साल फागुन ७ गतेदेखि दैनिक प्रकाशन हुँदै आएको छ।
पछि गोरखापत्र संस्थानबाट विसं। २०२२ देखि अंग्रेजी दैनिक दि राइजिङ नेपाल, २०२५ देखि साहित्यिक मासिक मधुपर्क, २०४५ सालमा युवामञ्च र २०४७ मा मुना मासिक प्रकाशित हुँदै आएका छन्।