

हेटौंडा – बागमती प्रदेशमा तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषा घोषणा हुन लागेको खुशीयालीमा हेटौँंडामा उत्सव मनाइएको छ।

स्थानीय बुद्धचोकमा नेवारी समुदाय र तामाङ समुदायले बाजागाजा र्याली निकालेका हुन्। उनीहरूले सरकारी कामकाजको भाषा लागू गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिए।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषाको सम्मान गरेको बताए।

यो अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 85