Aamsanchar

महाकुम्भ मेलामा निःशुल्क हेल्थ डेस्कबाट ५ हजार भन्दा बढीले सेवा लिए

Author Image
सोमवार, वैशाख २४, २०८१

धरान-१२ वर्षमा एक पटक लाग्ने पिण्डेश्वर पूर्ण महाकुम्भ मेला प्रारम्भ भएसँगै दर्शनार्थी तथा तीर्थालु भक्तजनको स्वास्थ्यलाई ध्यानमा राखेर एकमहिने निःशुल्क हेल्थ डेस्कबाट ५ हजार बढीले स्वास्थ्य सेवा लिएको छ ।

महाकुम्भ मेला सुरु भएसँगै गत चैत २७ गतेबाट नेपाली कांग्रेस, क्षेत्र नं। १ सुनसरीले धरानको पिण्डेश्वर बाबाधाम परिसरमा सञ्चालन गरेको निःशुल्क हेल्थ डेस्कबाट हालसम्म सेवा लिने तीर्थालु भक्तजनको सङ्ख्या पाँच हजार १३ पुगेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो ।

महाकुम्भ दर्शन गर्न आएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुननरसिह के।सी। ले समेत हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउनुभएको छ । सुनसरी १ नं। क्षेत्रीय कार्यसमितिले अत्यन्तै उच्चस्तरको मानवीय सेवाको कार्य गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

यसरी टाढाटाढा आएका तीर्थालु भक्तजनहरुलाई स्वास्थ्य सेवा प्रवाह गरेर कांग्रेसका साथीहरुले अत्यन्त पून्यको कार्य गरेको पूर्व मन्त्री के।सी।ले बताउनुभयो । नेपाल टेलिभिजनका पूर्व समाचार निर्देशक तथा समाचार वाचक मनोहरि थापाले हेल्थ डेस्कमा आई स्वास्थ्य सेवा लिने क्रममा निःशुल्क स्वास्थ्य सेवा दिने नेपाली कांग्रेस र निःशुल्क पिउने पानी उपलब्ध गराउने नेवार एकता समाजलाई धन्यवाद दिँदै पिण्डेश्वर महाकुम्भ मेलाको समग्र व्यवस्थापन राम्रो भएतापनि पार्किङ र सरसफाइमा कम्जोरी देखिएको बताउनुभयो ।

हेल्थ डेस्कमा प्रेसर र सुगर जाँच हुनका साथै आवश्यकतानुसार ग्याष्ट्रिकको औषधी, उल्टी रोक्ने औषधी, टाउको दुखाई कम गर्ने औषधी, जीवन जल आदि औषधीहरु वितरण गर्ने, स्वास्थ्य सम्बन्धि जनचेतानमूलक पर्चा वितरण गर्ने तथा चोटपटक लागेमा ड्रेसिङको समेत व्यवस्था गरिएको छ ।

स्वास्थ्य सेवा लिन आउने दर्शनार्थीहरुको प्रेसर र सुगर परीक्षण गरिनुका साथै आवश्यकतानुसार प्यानटप, आर–टिन, सिटामोल, जीवनजल, एभोमिन लगायतका औषधीहरु सेवन गर्न दिनुपरेको नेपाली कांग्रेस क्षेत्रीय स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताउनुभयो ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं। १, सुनसरीको आयोजनामा र कांग्रेसको क्षेत्रीय स्वास्थ्य विभागको संयोजनमा तथा नेपाली कांग्रेस प्रदेशसभा १९१०, १९२०, धरान नगर, १४ नं। वडा र नेपाल महिला संघको क्षेत्र, प्रदेशसभा १९१०, १९२०, धरान नगर कार्यसमितिको व्यवस्थापकीय सहयोगमा, पिण्डेश्वर बाबाधाम व्यवस्थापन समिति, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र अमर पोलिक्लिनिक धरान–१८ को सहयोगमा एकमहिने निःशुल्क हेल्थ डेस्क राखिएको हो ।

हेल्थ डेस्क महाकुम्भ अवधिभर वैशाख २८ गतेसम्म रहने बताइएको छ । हेल्थ डेस्कमा बी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नेपाल परिवार नियोजन सङ्घ, विजयपुर अस्पताल, रोट्रयाक बीपीकेआइएचएस लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर