Aamsanchar

अशोक राई नेतृत्वको नयाँ पार्टीलाई आयोगको मान्यता

Author Image
सोमवार, वैशाख २४, २०८१

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको नयाँ पार्टीलाई दलको मान्यता दिएको छ। आइतबार बसेको आयुक्तहरूको बैठकले राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दलको मान्यता दिने निर्णय गरेको हो।

राईले आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि निवदेन दिएका थिए। राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ९ जना सांसद रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर