Aamsanchar

३० हजार नगद घुस सहित मालपोतका सुब्बा पक्राउ

Author Image
सोमवार, वैशाख २४, २०८१

कपिलवस्तु – अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बालाई ३० हजार नगद घुस सहित पक्राउ गरेको छ।

कार्यालयका नायब सुब्बा नरहरी आचार्यलाई अख्तियारको टोलीले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट नगद ३० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो।

तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाट उनलाई पक्राउ गरिएको हो। अख्तियार टोलीले अन्य कागजी प्रक्रियाको काम अघि बढाइरहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर