Aamsanchar

इलाम र सिराहाका एसपी फेरिए

Author Image
सोमवार, वैशाख २४, २०८१

झापा – जिल्ला प्रहरी कार्यालय इलाम र सिराहाका एसपी फेरिएका छन् । इलाममा प्रभु ढकाललाई सरुवा गरिएको छ । सिराहामा एसपी रमेश पण्डितलाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले  बताए ।
इलाममा कार्यरत वासुदेव खतिवडा र सिराहामा कार्यरत सन्तोष आचार्यलाई फिर्ता बोलाइएको छ । आचार्य २०८० फागुन १ मा सिराहामा गएका थिए । ३ महिना पुरा नहुँदै उनलाई जिम्मेवारी बाट हटाइएको छ ।

एसपी खतिवडाले इलाम–२ मा उपचुनाव त्रुटिरहित तरिकाले सम्पन्न गरेका थिए । एक वर्ष अवधि नपुग्दै उनलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा सरुवा गरिएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । २०८० चैत २३ मा पनि अवधि नपुग्दै तराईको ६ जिल्लाका एसपीहरू हटाइएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर