Aamsanchar

मातातीर्थ क्षेत्रमा मेला शुुरु

Author Image
मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं – चन्द्रागिरिस्थित मातातीर्थ क्षेत्रमा मेला शुुरु भएको छ। यहाँ वैशाख कृष्ण चतुर्दशीका साँझ बत्ती बाल्ने र औँसीका दिन कुण्डमा स्नान गरी मन्दिरमा पूजा गर्ने परम्परा छ।

साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या बढ्दै गएको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताए । उनका अनुसार यो कुण्डमा प्रत्येक दिन आठदेखि १० जना श्राद्ध गर्नका लागि आउँछन्। दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आउने गरेका हुन्।

उनीहरूले मातातीर्थ कुण्डमा स्नान र पूजा गर्ने गर्छन्। मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवंगत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन, स्वास्थ्य, पार्किङ व्यवस्थापन, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरी काम गरिएको जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर