Aamsanchar

६ वर्षीय बालकको चट्याङ लागेर ज्यान गयाे

Author Image
मङ्गलवार, वैशाख २५, २०८१

अछाम – चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटियामा बालकको मृत्यु भएको छ। स्थानीय कमल भण्डारीका छोरा ६ वर्षीय गौरवको मृत्यु भएको हो ।

सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिए।

चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट

यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्णरूपमा नष्ट भएको छ।

सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।

स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर