Aamsanchar

आजदेखि पाँचौँ राष्ट्रिय मह मेला

Author Image
बुधवार, वैशाख २६, २०८१

काठमाण्डौ – ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ आजदेखि काठमाण्डौमा ‘पाँचौँ राष्ट्रिय मह मेला २०८१’ शुरु हुँदैछ । मह उत्पादन र खपत बढाउनका लागि आवश्यक सूचना प्रवाह गर्ने उद्देश्यले मह मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजना र नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेड र व्यावसायिक किट विकास निर्देशनालयको सहआयोजना पाँच दिने मेला आयोजना गरिएको हो ।

मेलामा उत्पादक, बिक्रेता र उपभोक्ताहरुलाई एउटै छानामुनी भेट्न सकिनेछ । गुणस्तरीय नेपाली महका बारेमा जानकारी लिन र दिन मेला महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । मेलामा मह काढ्ने तरिका, महसम्बन्धी सूचनामूलक जानकारी, मौरीपालनका नवीनतम प्रविधिहरूको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाहरूबीच अन्तरक्रिया तथा गोष्ठी आयोजना हुनेछ ।

भीर मौरी, कठौरी मौरीलगायत स्थानीय र रैथाने मौरीहरूको मह प्रदर्शनी तथा बिक्री वितरण हुनुका साथै मौरी र महसम्बन्धी विभिन्न अनुसन्धानमूलक जानकारी प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)