Aamsanchar

संसदमा देखिएको अवरोध संवादबाटै समाधान गर्नुपर्छ : सुहाङ

Author Image
बुधवार, वैशाख २६, २०८१

काठमाडौं – नेकपा एमालेका नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले संसदमा देखिएको अवरोध संवादबाटै समाधान गर्नुपर्ने बताएका छन्। बुधबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद नेम्बाङले सबै राजनीतिक दल एकजुट भएर संसदको अवरोध अन्त्य गर्नुपर्ने बताएका हुन्।
उनले भने,´हरेक समस्याको समाधान संवादबाट हुन्छ नै। संसदमा देखिएको अवरोध पनि संवादबाटै हटाउनुपर्छ।` उनले इलामको समग्र समस्याहरूको समाधानका लागि आवश्यक कानुन परिमार्जन र सुशासन प्रवर्द्धनमा जोड दिने बताए।

उनले इलामेली जनताको मायाबाट आफू सांसद बन्न सफल भएको भन्दै इलामको हरेक समस्यामा विशेष ध्यान दिने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर