Aamsanchar

किसानलई गोठालो भत्ता दिने

Author Image
बुधवार, वैशाख २६, २०८१

कालीकोट – कालीकोटको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कषकसँग उपाध्यक्ष कार्यक्रम’ बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो ।

पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो त्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक एक हजार रुपैयाँ प्रदान गरिने जानकारी दिनुभयो ।

गोठालो भत्ता कार्यविधिअनुसार चार वटा भैँसी ३० वटा बाख्रा र ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्ने किसानलाई भत्ता दिइनेछ । युवा तथा बेरोजगारलाई कृषिमा आकर्षित गर्न कार्यक्रम अघि सारिएको गाउँपालिका प्रवक्ता प्रदीप बोहराले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर