Aamsanchar

कमल पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने

Author Image
बुधवार, वैशाख २६, २०८१

इनरुवा- सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेला अवादी मधेशामा रहेको कमल पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भएको छ । इनरुवा नगरपालिकाले प्राकृति कमलपोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भएको हो ।

नगरपालिकाले आफ्नो विकास योजनाहरुको अनुगमन गर्ने क्रममा कमलपोखरीको अनुगमन तथा निरीक्षण गरिएको र कमलपोखरी ऐतिहासिक पोखरी भएकाले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनामा रहेको नगरप्रमुख केदार भण्डारीले बताउनुभयो । अनुमगनका क्रममा चार बिघा क्षेत्रफलमा पैलिएको कमल पोखरीमा सयौं वर्षदेखि पानी नसुकेको र सुख्खायाममा समेत आकर्षक कमलको फूल फुलेकोले दृश्यावलोकन गर्न पाउने भएकाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने तयारी गरेको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार प्राकृतिक बन, नदी र सिमसार समेत नभएको नगरमा बबियाको पोखरी र चान्दबेलाको कमल पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न डिपीआर निर्माण गर्ने भएको छ । उहाँले नगरको सुनसरी खोला क्षेत्रमा बाटिका, गडन खोला सिताघाटमा धार्मिक पर्यटन र बबिया पोखरी तथा चान्दबेलाको कमल पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सक्ने देखिएकोले आफूहरु यसमा लागेको बताउनुभयो ।

यसैबिच इनरुवाको फरक प्रसङ्गमा नयाँ जनप्रतिनिधि आएको विगत दुई वर्षमा इनरुवा ६ र ७ नम्बर वडामा भएको विकास योजनाहरुको अनुगमन गरेको छ । इनरुवाको १० वटै वटामा भएको विकास योजनाहरुको अनुगमन गर्ने क्रममा दोस्रो दिन बुधबार नगरप्रमुख भण्डारी नेतृत्वको टोलीले विकासमा गुणस्तर मापन तथा मूल्याङ्कनका लागि स्थलगत अनुगमन गरेको हो । नगर तथा वडामा सञ्चालन भएको योजना तथा आयोजनाहरुको नियमित अनुगमन तथा मूल्याङ्कन गर्ने क्रममा बुधबार सघन अनुगमन गरेको नगरपालिकाका मनोज खड्काले जानकारी दिनुभयो । विकासमा जवाफदेहिता कायम गर्ने र नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन आफूहरुले अनुगमन थालेको खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)