![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240508_224115435.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
धनगढी-नगर क्षेत्रको फोहोरबाट मोहर बनाउने अभियानमा जुटेको धनगढी उपमहानरपालिकाले पहिलो पटक १५ लाख रुपियाँको फोहोर बिक्री गर्न थालेको छ।
सो पालिकाले वर्गीकृत फोहोर बिक्री गरेर लाभ लिन थालेको हो। सोनुराज ट्रेड एण्ड सप्लायर्सले वर्गीकृत फोहोरको ढुवानी सुरु गरेको छ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
वर्गीकृत फोहोर बिक्री गरेर आएको पैसाले सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालन गर्न र त्यहाँ कार्यरत कर्मचारीलाई तलब खुवाउन सहज हुने धनगढी उपमहानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख अशोक अवस्थीले बताउनुभयो। उहाँका अनुसार दुई जना प्राविधिकसहित १२ जना कर्मचारी सूक्ष्म वर्गीकरण केन्द्रमा कार्यरत छन्।
उपमहानगरपालिकाको गाडीले नगर क्षेत्रभरिबाट सङ्कलन गरेर वर्गीकरण केन्द्रमा पुर्याएको फोहोरको सूक्ष्म वर्गीकरण तिनै कर्मचारीले गर्ने काम गरिरहेका छन्। उनीहरूले प्लाष्टिक, कागज, फलाम लगायतका फोहोर छुट्टयाउने गरेका छन्।