Aamsanchar

इनरुवा नगरप्रमुखद्वारा वडा नम्बर ४ र ८ को विकास योजनाको अनुगमन

Author Image
बिहिवार, वैशाख २७, २०८१

इनरुवा- योजनाको अनुगमन कार्य बिहीबार पनि जारी राखेको छ । नगरप्रमुख केदार भण्डारी नेतृत्वको अनुगमन टोलीले इनरुवा नगरपालिका–४ र ८ को विभिन्न योजनाहरुको अनुगमन गरेको हो ।

नयाँ जनप्रतिनिधि आएदेखि विगत दुई वर्षमा इनरुवा–४ र ८ नम्बर वडामा भएको विकास योजनाहरुको अनुगमन गरेको प्रमुख भण्डारीले जानकारी दिनुभयो । इनरुवाको १० वटै वटामा भएको विकास योजनाहरुको अनुगमन गर्ने क्रममा आज नगर प्रमुख भण्डारी नेतृत्वको टोलीले इनरुवा ८ को डुम्राहा, इनरुवा ४ को गणेशपुरसहितको क्षेत्रमा विकासमा गुणस्तर मापन तथा मूल्याङ्कनका लागि स्थलगत अनुगमन गरेको हो ।

नगर तथा वडामा सञ्चालन भएको योजना तथा आयोजनाहरुको नियमित अनुगमन तथा मूल्याङ्कन गर्ने क्रममा सघन अनुगमन गरेको नगरपालिकाका योजना शाखाका मनोज खड्काले जानकारी दिनुभयो । विकासमा जवाफदेहिता कायम गर्ने र नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन आफूहरुले अनुगमन थालेको खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)