Aamsanchar

बाँसको पुलमा जोखिम पुर्ण यात्राको विकल्पमा झोलुङ्गे पुल निर्माण गरिँदै

Author Image
बिहिवार, वैशाख २७, २०८१

इनरुवा- सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेलामा रहेको थलाहा खोला तर्नका लागि बाँसको पुलमा जोखिम यात्रा गर्नेहरुको मागलाई सम्बोधन गर्न झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।

इनरुवा नगरप्रमुख केदार भण्डारीले कैयौं वर्षदेखि थलाहा खोला वारपार गर्न स्थानीयहरुले बाँसको पुलमा जोखिम यात्रा गर्ने गरेका कारण झोलुङ्गे पुल निर्माण गर्न लागिएको बताउनुभयो ।

नगरप्रमुख भएर आएपछि इनरुवा ७ का स्थानीयहरुको पीडालाई ध्यानमा राखेर थलाहा खोलामा झोलुङ्गे पुल बनाउने वाचा गरेको बताउनुभयो । उहाँले पुल केही महिनाभित्रै पूरा गर्ने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर