Aamsanchar

मन्त्रालयको बजेटले लुँडो, बुद्धिचाल र बाघचाल मात्र खेलाउन सक्ने अवस्था छ : खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ

Author Image
बिहिवार, वैशाख २७, २०८१

काठमाडौं- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुँडो, बुद्धिचाल र बाघचाल मात्र खेलाउन सक्ने अवस्था रहेको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून रहेको बताए । उक्त बजेटले लुँडो, बुद्धिचाल र बाघचाल मात्र खेलाउन सक्ने अवस्था रहेको उनको भनाइ छ ।कम बजेट भएको मन्त्रालयमा खेलकुद पूर्वाधारको माग भने देशको बजेटभन्दा ठूलो रहेको उनले उल्लेख गरे । उनले बजेट र उपयुक्त नीतिको अभावका काण खेलकुद पूर्वाधारको विकास हुन नसकेको जिकिर गरे ।

मन्त्री श्रेष्ठले खेलकुद ऐन संशोधनको तयारी भइरहेको भन्दै यसका निम्ति आवश्यक सुझाव संकलन गर्ने काम जारी रहेको जानकारी गराए ।

बैठकमा समिति सदस्यहरूले खेलाडीहरूले पछिल्लो समय निकै राम्रो प्रदर्शन गरे पनि त्यहीअनुसार पूर्वाधारमा सरकारले ध्यान दिन नसकेको बताएका थिए । हिमालयन टेली भ्वाइस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर