Aamsanchar

युनिकमका केन्द्रिय अध्यक्ष पौडेल र सदस्य कर्णलाई झापामा बधाई तथा सम्मान

Author Image
बिहिवार, वैशाख २७, २०८१

बिर्तामोड । उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा आवद्ध श्रमिकहरूको संस्था युनिकम नेपालका नव निर्वाचित केन्द्रिय अध्यक्ष र एकजना केन्द्रिय सदस्यलाई युनिकम नेपाल झापा र बिर्तामोड नगर समितिले बधाई ज्ञापन गरेको छ ।

आज बिर्तामोडमा एक कार्यक्रमका बिच केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेल र केन्द्रिय सदस्य  भूषण कर्णलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको हो ।

केन्द्रिय अध्यक्ष पौडेल र सदस्य कर्ण झापाली भएकोले उनिहरुलाई बधाई तथा सम्मान गरिएको झापा जिल्ला अध्यक्ष अर्पणा सापकोटाले बताइन ।

कार्यक्रममा युनिकम नेपालका केन्द्रिय प्रचार विभाग संयोजक केशव भट्टराई, जिल्ला अध्यक्ष सापकोटा, उपाध्यक्ष लक्ष्मी पौडेल, सचिव विमल कट्टेल, सदस्य गृष्मा सापकोटा, बिर्तामोड नगर अध्यक्ष किरण मगर, सचिव किशोर खत्री, अनिष विष्टले बधाई शुभकामना ज्ञापन गरेका थिए ।

युनिम नेपालको मुख्य कार्यालय बिर्तामोडमा रहेको छ । २०६४ सालमा स्थापना भएको युनिकममा हाल देशभरमा ६ हजार ५ सय सदस्य रहेका छन् । झापा जिल्लामा भने २ सय ५० जना सदस्य रहेका छन् । युनिकम नेपालको ३६ वटा जिल्लामा शाखा रहेको छ भने, ७ वटै प्रदेशमा प्रादेशिक समिति रहेको केन्द्रिय अध्यक्ष पौडेलले जानकारी दिए ।

युनिकम नेपालको यही बैशाख २१ र २२ गते काठमाडौंमा आयोजना भएको तेस्रो अधिवेशनबाट पौडेल दोस्रो कार्यकालका लागि नेतृत्वमा चुनिएका हुन् । नयाँ केन्द्रिय कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो ।

Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर