Aamsanchar

इलाममा पिकअप दुर्घटना हुँदा २२ वर्षीय युवकको मृ*त्यु

Author Image
शुक्रवार, वैशाख २८, २०८१

इलाम – इलाम नगरपालिकामा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। इलाम-५ सापकोटागाउँ स्थित सडकमा भएको दुर्घटनामा सोही स्थानका २२ वर्षीय तोया घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

गोरु बोकेको प्र १-०३-००१ च ००६९ नम्बरको पिकअप गएराति २ बजेतिर मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडी चालक इलाम-४ का २० वर्षीय अभिषेक तिवारी घाइते भएको प्रहरी उपरीक्षक प्रकाश जबेगूले बताए। चालक तिवारी र सहचालक घिमिरेलाई घटनास्थलबाट उद्धार गरी इलाम अस्पताल ल्याइएको थियो। बाटोमै घिमिरेको ज्यान गएको भने ज्यान गएको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)