Aamsanchar

विराटनगर भन्सार कार्यालयको क्षेत्र विस्तार

Author Image
शुक्रवार, वैशाख २८, २०८१

विराटनगर  – विराटनगर भन्सार कार्यालयको क्षेत्र विस्तार गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार नेपाल रेल्वेको स्वामित्वमा रहेको क्षेत्रलाई विराटनगर भन्सार कार्यालयको क्षेत्र कायम रहने गरी विस्तार गरिएको हो ।रेल मार्फत हुने निकासी र पैठारीको प्रयोजनका लागि क्षेत्र विस्तार गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो ।

विस्तारसँग भन्सार क्षेत्रको चार किल्ला समेत तोकेको छ ।अब पूर्वतर्फ दम्बादेवी जाने रोड भेडियारी १८ भित्रको क्षेत्र, पश्चिममा राजाजी ग्राम देउता मन्दिर जाने बाटोभित्रको क्षेत्र, उत्तरमा एकीकृत भन्सार जाँच चौकीको पर्खालभित्रको क्षेत्र र दक्षिणमा रेल्वे पिल्लर भेडियारी १८ भित्रको क्षेत्रलाई भन्सार कार्यालयका क्षेत्रको रुपमा तोकिएको छ।

भन्सार क्षेत्रको बाटोका रुपमा मोरङको विराटनगरस्थित बुद्धनगरमा भारतबाट नेपाल प्रवेश गर्ने बिन्दुदेखि नेपाल भन्सार यार्डसम्मको रेल्वे ट्र्याकको बाटोलाई भन्सार क्षेत्रको बाटो तोकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)