Aamsanchar

हुन्डीको ९८ लाख रकम सहित दुई जना पक्राउ

Author Image
शुक्रवार, वैशाख २८, २०८१

काठमाडौँ –काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ का मिलन बिक र सोही ठाउँमा समीर सुनार रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।

दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेका हुन् । बुटवल घर भएका उनीहरु सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर