Aamsanchar

१० जनालाई ‘अमेरिका पठाउँछौँ’ भनेर केन्यामा लगेर बन्धक बनाउने दुई महिलासहित तीन जना पक्राउ

Author Image
शुक्रवार, वैशाख २८, २०८१

काठमाडौँ –नेपालबाट १० जना युवा युवतीलाई ‘अमेरिका पठाउँछौँ’ भनेर केन्यामा लगेर बन्धक बनाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनीहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्‍याएका हुन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीया ङिमवटी शेर्पा, १९ वर्षीया निमा शेर्पा र भोटेकोसी गाउँपालिका–२ घर भएर बुढानीलकण्ठ बस्ने ४७ वर्षका टासी शेर्पा छन् ।

उनीहरुले १० जनाबाट ५ करोड ५० लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले  बताए ।

अरुण तामाङ सहितका १० जनालाई उनीहरूले केन्याको नैरोबी हुँदै जिम्मरमान भन्ने ठाउँमा पठाएर बन्धक बनाएका हुन् । त्यहाँ बिचौलियाहरूले दुई वटा फ्ल्याटमा पीडितहरूलाई ६ महिनासम्म राखेको अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीले जानकारी दिए । उनी भन्छन्–‘त्यहाँ अझै पनि नेपालीहरू बन्धक छन् भन्ने सूचना आएको छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)