Aamsanchar

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्रको उद्घाटन

Author Image
शुक्रवार, वैशाख २८, २०८१

धरान- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशको लागि धरानमा कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ।

शुक्रबार धरान १६ लेखनाथ चोकस्थित पुरानो मालपोत कार्यालय भवनमा धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई, नेपाल प्रज्ञा प्रतिष्ठान ९नाष्ट०का उपकुलपति प्रा.डा.दिलीप सुब्बा, नाष्टका सचिव डा।रविन्द्रप्रसाद ढकाललगायतले कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्रको उद्घाटन गर्नुभएको हो।

उपकुलपति प्रा.डा.सुब्बाका अनुसार मुलुक सङ्घीय संरचनामा गएपछि नाष्टले ७ वटै प्रदेशमा ‘विशिष्टीकृत अनुसन्धान केन्द्र’ स्थापना गर्ने निर्णय गरेको हो। उक्त निर्णय अनुसार गत वर्ष ५ वटा प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो।

कोशी प्रदेशका लागि धरानमा केन्द्र स्थापना गर्न चासो देखाएर धरान उपमहानगरपालिकाले पूर्वाधार उपलब्ध गराएको उपकुलपति सुब्बाले भन्नुभयो।

सम्भावना र वस्तुस्थितिका आधारमा तोकिएको विषयमध्ये कोशी प्रदेशमा कृषि र खाद्य प्रविधि रहेको उहाँले बताउनुभयो।

कोशी अनुसन्धान केन्द्रको ल्याब मोरङको हात्तीमुढास्थित मनमोहन पोलिटेक्निकल इन्स्टिच्युट, खाद्य प्रविधिका लागि धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस र प्रशासनिक कार्यालयको लागि धरान उपमहानगरपालिकाले छुट्टै भवन उपलब्ध गराएको उपकुलपति सुब्बाले बताउनुभयो।

उहाँका अनुसार अनुसन्धान केन्द्रले प्रदेश सरकार, प्रदेशस्थित स्थानीय सरकार तथा सम्बन्धित शैक्षिक एवं अनुसन्धानमुखी निकायसँग सहकार्य गरेर अध्ययन अनुसन्धानका कार्य अघि बढाउने बताउनुभयो।

विज्ञान प्रविधिको विकास बिना देश विकास नहुने नाष्टको सचिव डा।रविन्द्रप्रसाद ढकालले बताउनुभयो। प्रयोगशाला स्थापना नभएको राज्य हाम्रो जस्तो राज्य अझै पनि पछाडि नै रहेको उहाँले बताउनुभयो।

नास्ट स्थापना भएको ४१ वर्ष भए पनि देशव्यापी रुपमा विकास गर्नको लागि सबै क्षेत्रमा प्रविधिको विकास गर्नु जरुरी रहेको देखिएकोले ७ वटै प्रदेशमा ७ वटै प्रविधिको विकासको लागी सुरु गरिएको उहाँले बताउनुभयो।

धरान भनेको शैक्षिक क्षेत्रको केन्द्रको रुपमा स्थापित थियो, रहेको छ र रहिरहनेछ भन्नको लागि पनि कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र धरानमा राखेको धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईले बताउनुभयो।

कृषि र खाद्य भनेको महत्त्वपूर्ण कार्य हो यसको लागि भनेर धरान उपमहानगरपालिकाले हाल भवन उपलब्ध गराएको छ भनेपछि केन्द्र सरकार, प्रदेश सरकारको सहयोगमा ठुलो प्रयोगशाला नै बनाउने योजना रहेको उहाँले बताउनुभयो।

केन्द्र, प्रदेश सरकारले ढिला गरे स्थानीय सरकारबाट नै बजेट निकास गरी तथा सहयोगमा ढिला नगरी अनुसन्धान केन्द्रको भवन नै निर्माण गर्ने उहाँले बताउनुभयो।

उक्त उद्घाटन कार्यक्रममा डा.दिलनाथ फुयल, निलमणि पोखरेल, लक्ष्मी प्रसाद भट्टराई, डा.पवनकुमार झा, प्रा.डा. देवीप्रसाद भट्टराई, डा.इन्द्रमणि भगत, धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा निरौला लगायत धरान उपमहानगरपालिकाका वडाध्यक्षको उपस्थिति थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)