Aamsanchar

महेश्वरी महिला मन्च मेचीद्वारा अक्षयतृतियको दिन विद्यार्थीहरुलाई सामग्री प्रदान

Author Image
शुक्रवार, वैशाख २८, २०८१

झापा- महेश्वरी महिला मन्च मेचीले अक्षयतृतियको दिन बिद्यालय एवम् विद्यार्थीहरुलाई विभिन्न सामग्री बितरण गरेको छ ।
जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय एवम् मनमाया आमा बालगृह अर्जुनधारा ११ का १०० विद्यार्थीहरुलाइ पानी बोक्ने बोतल, फलफूल र बिद्यालयलाई पाच थान पानी फिल्टर एक थान सिलिङ्ग फेन, दुई थान डस्बिन प्रदान गरेको प्रधानाध्यापक रन्जित परियारले बताए ।
अक्षयतृतीयका दिन अन्नपूर्ण माताको शुभ जन्म भएको र आजको दिन कुनै पनि असल काम थाले निश्चित रुममा सफलता मिल्ने भन्दै कुनै पनि दिन दुखिलाइ सहयोग गरे आज मात्र पुन्य पाउने नभइ अर्को जन्ममा पनि पुन्य हुने र क्षय भएर नजाने मन्चकी सचीव सुधा तोसनिवालले बताइन् ।
मन्चका सम्पुर्ण सदस्यहरुले आ आफ्नो परिस्थिति अनुसार आर्थिक सकलन गरि यो कार्यक्रमको आयोजना गरेकोमा सहभागी सदस्य र बिद्यालय परिवारलाई मन्चकी अध्यक्ष रिता चित्तलाङ्गिया एवम् सस्थापक सुधा देबि गटानिले धन्यवाद व्यक्त गर्नु भएको थियो । साथै बिद्यालयको तर्फबाट नानीहरु तथा बिद्यालयलाई अति आवश्यक सामग्री प्रदान गर्नु भएकोमा शिक्षक अनुजा क्षेत्री, गिता उप्रेती, सुरेखा योङ्गयाङ्ग लगायतले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम सहजीकरण सचीव सुधा तोसनिवालले गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)