


किमाथाङ्का – संखुवासभामा रहेको विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ।

आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए।

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा मकालु गाउँपालिका(२ र ३ को सीमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताए।


घटनास्थलबाट शेर्पाको शव मुचुल्कापश्चात् सोलुखुम्बु लगिएको उनको भनाइ छ। यातायात र सञ्चार सेवा नभएका कारण मकालु क्षेत्र भौगोलिकरूपमा विकट मानिन्छ। घटनास्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्छ। पर्वतारोही शेर्पाको शव मुचुल्का पछि आजै सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।