Aamsanchar

झापा : बुबा हराएको ४९ वर्षपछि कुशको शव बनाएर दाहसंस्कार

Author Image
आइतवार, वैशाख ३०, २०८१

झापा- झापामा एक व्यक्ति हराएको ४९ वर्षपछि कुशको शव बनाएर दाहसंस्कार गरी परम्परा अनुसार काजक्रिया सुरु गरिएको छ ।

झापाको दमक वडा नं.५ का शुक्रबहादुर परियारले आफ्ना बुबाको कुशको शव बनाएर दाहसंस्कार गरी काजक्रिया सुरु गर्नुभएको हो । वि.स.२०३२ सालमा धरानमा बसोबास रहेको बेला चन्द्रबहादुर बेपत्ता हुनुभएको थियो । उहाँलाई जति खोजी गरेपनि नभेटिएपछि पारिवारिक सल्लाह अनुसार काजक्रिया सुरु गरिएको छोरा शुक्रबहादुरले बताउनुभयो ।

चन्द्रबहादुरका बुहारी दमक नगर कार्यपालिका सदस्य सरूँ परियारका अनुसार सबैको सल्लाह अनुसार सबै विधि पुर्‍याएर परम्परा अनुसार काजक्रिया गरिएको हो ।

‘‘बुबाको खोजी धेरै गर्दा पनि फेला पर्नुभएन ।’’ उहाँले भन्नुभयो, ‘‘बन्धुबान्धव सबैले यही विधि सिकाएकाले हामीले गरेका हौँ ।’’

तुलसीको मोठमा कुशको शव बनाएर राखेर मलामीसहित खोलामा गएर दाहसंस्कार गरिएको थियो । शनिबार कुशको शव बनाएर दाहसंस्कार गरिएको र अब १२ दिनपछि सुद्धाइँ गरिने बताइएको छ । जसरी मानिसको मृत्युपछि दाहसंस्कार र परम्परा अनुसार काजक्रिया हुन्छ त्यसरी नै हुने काजक्रिया गराइरहनु भएका पण्डित ध्रुव ढटालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)