Aamsanchar

ग्वार्कोमा आगलागीमा परेर घाइते भएकी महिलाको पनि मृ,त्यु, मृतकको संख्या तीन पुग्याे

Author Image
सोमवार, वैशाख ३१, २०८१

काठमाडौं –ललितपुरको ग्वार्कोस्थित डढेको मोबिल राखिएको टहरोमा भएको आगलागीमा परेर घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । आगलागीमा परेर गम्भीर घाइते भएकी रूपा गिरीको मृत्यु भएको हो ।

किष्ट अस्पतालमा उपचारत गिरीको आइतबार राति मृत्यु भएको ललितपुर प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिए । उनीसँगै आगलागीमा परेका दुई बालिकाको यसअघि २४ वैशाखमा मृत्यु भएको थियो । दुबै बालिका मृतक रूपाकी छोरीहरू हुन् ।

आगलागी हुँदा घाइते भएका रूपाका श्रीमान् सञ्जय गिरी र १५ वर्षीय मित गिरीको उपचार जारी छ । सञ्जयको घर भने रौतहट राजदेवी हो । सञ्जयको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर