कनकाई । झापा कनकाई नगरपालिका –२ मा एक जना महिलाको मृत्यु भएको छ ।
हिजो आइतबार आफ्नै घरमा होल्डरमा विजुलीको बल्ब लगाउने क्रममा करेन्ट लागेर मिना श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
करेन्ट लागेर घाइते भएकी स्थानीय रबिन श्रेष्ठकी श्रीमती अन्दाजी वर्ष २३ की मिनालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउदा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक/प्रवक्ता कृष्णकुमार चन्दले आमसंचारलाई बताएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
1
+1
+1
+1
+1
3
Views: 13