


सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका–१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ रहेको जानकारी दिए।

पेस्तोल बोकेर हिँडडुल गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी नूनढाकी र सङ्खुवासभाको संयुक्त प्रहरी टोलीले एक थान कटुवा पेस्तोलसहित चोङवाङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक जबेगुले बताए।


बरामद भएको कटुवा पेस्तोलसहित चोङवाङविरुद्व मुलुकी अपराधसंहिता, २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 59