Aamsanchar

पाहा खोज्ने क्रममा दहमा डुब्दा एक युवकको ज्यान गयाे

Author Image
सोमवार, वैशाख ३१, २०८१

ओखलढुङ्गा-पाहा खोज्ने क्रममा चिप्लिएर खोलाको दहमा डुबेर ओखलढुङ्गामा एक युवकको ज्यान गएको छ ।
आइतबार दिउँसो चिशंखुगढी गाउँपालिका–७ ठोट्ने खोलामा साथीहरुसँग पाहा खोज्न गएका जिल्लाको सिद्धिचरण नगरपालिका–५ चुप्लुका २९ वर्षीय सन्तोष राईको दहमा डुबेर मृत्यु भएको हो ।

चिप्लिएर दहमा बेपत्ता हुनुभएका राईको खोजी गर्ने क्रममा सोमबार बिहान प्रहरीले डुबेकै स्थानबाट शव फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो ।

घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । यसका साथै केही दिन अघि माछा मार्ने क्रममा सुनकोशी नदीमा डुबेर एक बालकको ज्यान गएको थियो ।

गोलान्जोर गाउँपालिका–१ सिन्धुली घर भई हाल चम्पादेवी गाउँपालिका–२ नवलपुर ओखलढुङ्गा मावली हजुरबुबाको घरमा बस्दै आएका करिब १० वर्षीय प्रवीण सुनुवारको सुनकोशी नदिमा डुबेर ज्यान गएको हो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर