Aamsanchar

सिरहामा बम पडकाएर लुटपाट

Author Image
मङ्गलवार, जेठ १, २०८१

सिरहा – सिरहामा बम पडकाएर लुटपाट भएको छ।

लहान नगरपालिका–१७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट गरिएको प्रहरीले जनाएको छ।

गएराति राति करिब पौने १२ बजेको समयमा ४ वटा घरमा लुटपाट भएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायव उपरीक्षक विष्णु सोकीले जानकारी दिए।

लुटेराहरूले लुटपाट गर्दा प्रतिकार गर्ने क्रममा ६ जना घाइते भएका छन्। घाइते हुनेमा जिवी ठाकुर, निरसीदेवी ठाकुर, निरञ्जन यादव, देवनारायण साह, मनिलाल यादव र योगेन्द्रलाल यादव रहेको प्रहरी नायव उपरीक्षक सोकीले बताए।

उनले लुटपाट भएको ठाउँमा सुतली बमको कणहरू देखिएको बताए। लुटेराहरूले गरगहना, पैसा गरी करिब ५ लाख बराबरको लुटपाट गरेको उनले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर