धनगढी – कैलालीको लम्कीचुहा नगरपालिकाको बलचौरमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
आज दुर्घटनाबाट भारतको हल्द्वानीबाट उपचार गरी घर फर्किरहेकी युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियारको रहेको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। एम्बुलेन्समा आएका अरू ५ जना व्यक्ति भने सकुशल छन्।
एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 67