Aamsanchar

सुकेधारामा भेटिएको शवको पहिचान खुल्यो

Author Image
मङ्गलवार, जेठ १, २०८१

काठमाडौं – काठमाडौं महानगरपालिका-४ सुकेधारामा भेटिएको शवको पहिचान खुलेको छ ।

मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडकको नालामा उनी मृत अवस्थामा मंगलबार बिहान भेटिएका थिए ।

नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । गिरीका आफन्त समेत प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।

उनको मृत्युको कारण खुलिसकेको छैन । घटनास्थल मुचुल्काको काम सकेर शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

गिरीको निधारमा दुई इन्च लामो खत समेत भेटिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर