Aamsanchar

रुख नहटाई कालोपत्रे गर्दा काल बन्दै

Author Image
मङ्गलवार, जेठ १, २०८१

उर्लाबारी- मोरङको जाँते–पथरी सडकखण्डमा रहेका सालका रुख नहटाई कालोपत्रे गर्दा ती रुख नै काल बनिरहेका छन् । आइतबार दिउँसो रुखमा ठोक्किएर मोटरसाइकलमा सवार लेटाङ–८ का २५ वर्षीय दिपेश राईको मृत्यु भयो ।

प्रदेश १–०२–०४३ प. ७२१५ नम्बरको मोटरसाइकल चढेर पथरीबाट लेटाङको जाँतेतर्फ जाँदै गर्दा राईको मोटरसाइकल आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । सालको रुखमा ठोक्किएपछि गम्भीर घाइते हुनुभएका दिपेशलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको थियो । उपचारका क्रममा साँझ ६ बजे दिपेशको मृत्युु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

मोटरसाइकलपछाडि सवार दिपेशकी पत्नी २१ वर्षीय ललिता राई ९मगर० गम्भीर घाइते हुनुभएको छ । मदन भण्डारी अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको छ ।

आइतबार नै मदन भण्डारी राजमार्ग अन्तर्गत मोरङको केराबारी सडकखण्डको केराबारी–५, बगैँचा चोकमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रदेश १–०२–००२ ह ९२४४ नम्बरको ट्याम्पोका चालक केराबारी–६ का ४६ वर्षीय मेखबहादुर मगर हुनुहुन्छ । मगरले चलाएको ट्याम्पो धरानको पानबारीबाट केराबारीतर्फ आउँदै गरेको बा। १ च २९२८ नम्बरको कुखुराको चल्ला बोक्ने पिकअप गाडीसँग ठोक्किएको थियो । पिकअप र ट्याम्पो जुध्दा सख्त घाइते हुनुभएका ट्याम्पोचालक मगरको उपचारका व्रmममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । ट्याम्पोमा सवार एकै परिवारका चार जना घाइते भएका छन् ।

घाइते हुनेमा केराबारी–६ की ६० वर्षीय हरिमाया मगर, उहाँकी ३० वर्षीय छोरी सीतामाया मगर, १० वर्षीय नातिनी प्रसना मगर र सात वर्षीय नाति इदिल मगर हुनुहुन्छ । घाइते सबैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । पिकअप भ्यानका चालक मोरङको बुढीगङ्गा–२ का २७ वर्षीय शिवकुमार ऋषिदेवलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर