Aamsanchar

फेरि ठडियो पूर्वप्रधानमन्त्री गिरिजाको शालिक

Author Image
बुधवार, जेठ २, २०८१

वीरगन्ज – वीरगन्जमा ९ वर्ष पहिले मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेर भत्काएको पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको शालिक फेरि नयाँ बनाइएको छ।

वीरगन्ज महानगरपालिका–२ छपकैयाको इदगाह चोकमा जिपी कोइराला फाउन्डेसनले स्थापना गरेको नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका स्व। कोइरालाको शालिक मधेस आन्दोलनमा २०७२ भदौ १५ गतेका दिन आन्दोलनकारीले तोडफोड गरेर भत्काइदिएका थिए।

त्यही स्थानमा अहिले फेरि स्व। कोइरालाको पूर्ण कदको नयाँ शालिक निर्माण गरिएको हो। फाउन्डेसनका मधेस प्रदेश अध्यक्ष महम्मद शाहबुद्धिनका अनुसार, मधेस प्रदेश सरकारबाट प्राप्त १६ लाख रुपैयाँ बजेटबाट इदगाह चोकमा स्व। कोइरालाको पूर्ण कदको नयाँ शालिक निर्माण गरी स्थापना गरिएको हो। पित्तल लगायतका धातुबाट निर्मित करिब ६ फिट उचाइको उक्त शालिक ११ लाख रुपैयाँमा काठमाडौंबाट खरिद गरेर ल्याइएको उनले जानकारी दिए।

 

मधेस प्रदेश सरकारबाट प्राप्त कुल १६ लाख रुपैयाँ बजेटमध्ये ११ लाख रुपैयाँमा शालिक खरिद गरिएको र बाँकी ५ लाख रुपैयाँ शालिक राखिएको पार्कको मर्मत सम्भार र सौन्दर्यकरणमा खर्च गरिएको उनले बताए।

इदगाह चोकमा स्थापना गरिएको स्व। कोइरालाको नयाँ शालीकको अनावरण गिरिजाप्रसाद कोइरालाको १०१औं जन्मजयन्तिका दिन आगामी असार १८ गते गरिने शाहबुद्धिनले जानकारी दिए। शालिकको अनावरण नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट गराइने उनले सुनाए। अनावरण कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाका साथै अन्य शीर्ष नेताहरू पनि आउने जानकारी उनले दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर