Aamsanchar

काठमाण्डौ महानगरपालिकाले आयोजना गरेको निःशुल्क सीप तालिम लिन ६८ हजार भन्दा बढीको आवेदन

Author Image
बुधवार, जेठ २, २०८१

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आयोजना गरेको निःशुल्क सीप तालिम लिन ६८ हजार आठ सय ६६ जनाले आवेदन दिएका छन् । त्यसमध्ये टुँडिखेलमा चलिरहको सीप मेलाका लागि मात्रै ४३ हजार ५८ जनाले आवेदन दिएका महानगरले जनाएको छ ।

दुई हजार ८१ जनालाई तालिमसँगै रोजगारी दिने लक्ष्यसहित गएको वैशाख १९ गतेदेखि शुरु भएको मेलामा निःशुल्क तालिम लिन इच्छुकका लागि महानगरले आवेदन आह्वान गरेको थियो । टुँडिखेलमा चलिरहेको सीप मेलामा विभिन्न १० क्षेत्रका ३० वटा विधामा सीप तालिम भइरहेको छ ।

महानगर गौरव योजनाअन्तर्गत चालु आर्थिक वर्षमा १५ हजार जनालाई निःशुल्क तालिम दिने र तालिम लिएकामध्ये पाँच हजार जनालाई रोजगार वा स्वरोजगारमा आबद्ध गराउने लक्ष्य रहेको शहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)