Aamsanchar

खानेपानीको पाइप बनाउने क्रममा लडेर एक पुरुषको मृ*त्यु

Author Image
बुधवार, जेठ २, २०८१

ओखलढुङ्गा-ओखलढुङ्गामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका करिब ५६ वर्षीय पदमबहादुर बस्नेतको भिरबाट लडेर ज्यान गएको हो ।

सोही स्थानको रमिते भिरको ठाडेखोला नजिक खानेपानीको पाइप बनाउने क्रममा लडेर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो ।

करिब पाँच सय मिटर तर खसेर टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागी गम्भीर घाइते हुनुभएको बस्नेतको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।

रुम्जाटार अस्पतालमा शव परीक्षण पश्चात् परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहको भनाइ छ । दुई दिन अघि मोलुङ गाउँपालिका–३ का करिब ७३ वर्षीय जितबहादुर सुनुवारको पनि भिरबाट लडेर ज्यान भएको थियो । बाख्रा गोठालो जाने क्रममा मसिने डाँडाभिरबाट लडेको ढुङ्गाले लाग्दा सुनुवारको घटनास्थलमै ज्यान गएको थियो । दुवै घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर