Aamsanchar

माइजोगमाईकाे एक सामुदायिक वनबाट लोपोन्मुख चाँप जातको टुना बरामद

Author Image
बिहिवार, जेठ ३, २०८१

इलाम – माइजोगमाई गाउँपालिका-२ स्थिति कागे महादेव सामुदायिक वन हिउँदे खोल्सीमा बहुमूल्य र लोपोन्मुख चाँप जातको सातवटा टुना बरामद भएको छ।

विशेष सूचनाका आधारमा वन कार्यालय माईजोगमाईका कर्मचारी, वडा नम्बर २ का वडाध्यक्ष डम्बर बहादुर सुवेदी तथा वन समिति तथा स्थानीयको संयुक्त टोलीले उक्त चाँप जातका टुनाहरु बरामद गरेर समितिको जिम्मा लगाएको छ।

चोरी निकासीमा संलग्न व्यक्तिहरूको खोजी कार्यका लागि मुचुल्का तयार गरिएको वडाध्यक्ष सुवेदीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)