Aamsanchar

कतारबाट पठाएको ७० ग्राम सुन लुकाउन अपहरणको नाटक गर्ने इलामका एक युवा पक्राउ

Author Image
बिहिवार, जेठ ३, २०८१

झापा –तस्करीको सुन लुकाउन अपहरणको नाटक गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको लक्ष्मीपुर घर भएका ३९ वर्षीय सूर्य सामाल मगर रहेका छन् । उनलाई बुधबार नियन्त्रणमा लिएको हो । उनले कतारबाट पठाएको ७० ग्राम सुन लुकाउन आफैँ अपहरणको नाटक गरेको खुलेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका डीएसपी रोशन खड्काको टोलीले मगरलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर