Aamsanchar

पाँचथरको हेवाखोलामा आएको बाढीले डाइभर्सन बगायाे

Author Image
बिहिवार, जेठ ३, २०८१

फिदिम-वर्षासँगै पाँचथरको हेवाखोलामा आएको बाढीले डाइभर्सन बगाउँदा फालेलुङ गाउँपालिका ३ र ५ को सम्पर्क टुटेको छ ।

बिहीबार राती १० बजे आएको बाढीले डाइभर्सन बगाउँदा साविकको प्राङबुङ र मेमेङ गाविस जोड्ने सडक सम्पर्क विच्छेद भएको हो ।

गत वर्ष असार २ गते आएको बाढीका कारण त्यहाँ लगाइएको मोटरएबल पुल बगेपछि गाउँपालिकाले स्थानीयको श्रम सहयोग लिएर त्यहाँ अस्थायी डाइभर्सन निर्माण गरेको थियो ।

गत साउनदेखि सञ्चालनमा आएको उक्त डाइभर्सनको छेउ बाढीले खोतल्नुका साथै वारी र पारि गहिरो खोतल्दै खोलाले धार परिवर्तन गरेपछि आवागमन ठप्प भएको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिनुभयो ।

अवरुद्ध डाइभर्सन मर्मत गर्ने थाम्सुहाङको भनाइ छ । यो वर्ष जेठ नलाग्दै बाढी आएपछि स्थानीय त्रसित भएका छन् । गत वर्ष असार २ गतेको बाढीले फालेलुङका ३, फिदिमका २ र याङवरकका २ वटा मोटरेबल पुल बगाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर