Aamsanchar

सिमाना विवादका क्रममा कोदालो प्रहार गरि एक जनाकाे ह*त्या

Author Image
बिहिवार, जेठ ३, २०८१

सिरहा- सिरहाको अर्नमा गाउँपालिका-२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा ५५ वर्षीय बचाइ महतोले कोदालो प्रहार गर्दा सोही उमेरका सँधियार बुधराम महतोको मृत्यु भएको छ ।

कोदालो प्रहारबाट बधुरामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । लामो समयदेखि जमिन विवाद रहेको र उनीहरू आज बिहान पनि खेतमै भेट भएको समयमा विवाद चर्किएर घटना घटेको हुनसक्ने सो वडाका अध्यक्ष दीपेन्द्र महतोले जानकारी दिनुभयो ।

अध्यक्ष महतोका अनुसार दुई सँधियारबिच लामो समयदेखि जमिनको विषयमा मुद्दा चलिरहेको थियो । घटना भएयता बचाइ फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिराम सापकोटाले बताउनुभयो । उहाँका अनुसार प्रहरीले अहिले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर