Aamsanchar

भन्सार छलिको रासायनिक मलसहितको गाडी नियन्त्रणमा

Author Image
शुक्रवार, जेठ ४, २०८१

नुवाकोट – भन्सार छलि गरिएको रासायनिक मलसहितको गाडी नुवाकोटको विदुरमा प्रहरीले जफत गरेको छ। कारबाहीका लागि मल बोकेको गाडीसहित आन्तरिक राजस्व विभाग पठाइएको छ।

पासाङल्हामु मार्गको विदुर–त्रिशूली सडकखण्डको बीचमा रहेको विदुर नगरपालिका(१ ढुंगेबजारमा गाडी रोकेर छापा मार्ने क्रममा भन्सार छलि गरिएको २० बोरा युरिया मल नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

नुवाकोटको ढुंगेस्थित व्यस्त सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा बा३ख ९१३७ नम्बरको आइचरमा भन्सार छलि गरी ल्याएको २० बोरा युरिया मल फेला परेको हुँदा कानुन बमोजिम बरामद गरी आवश्यक कारबाहीका लागि मालवाहक साधनसहितको युरिया मल आन्तरिक राजस्व विभाग हरिहर भवन लगेर बुझाइएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।

 

उनका अनुसार भारत हुँदै ल्याइएको सो मल आइचरमा युरिया मल लुकाई छिपाई पृथ्वी राजमार्गको गल्छीबाट ढुंगेतर्फ ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले जफत गरेको हो। प्रहरीले गाडी र भन्सार छलीको मल जफत गरेर आन्तरिक राजश्व विभाग पठाए पनि थप विवरण सार्वजनिक गरेको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर