![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240517_091232689.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाण्डौ – पानी पर्ने क्रम कम भएपछि फेरि गर्मी बढेको छ । तराईका विभिन्न ठाउँको तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा माथि पुग्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर लगायतका ठाउँको तापक्रम ४० डिग्री आसपाससम्म पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तराई क्षेत्रमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा धेरै मापन भएको छ । केही दिनदेखि अधिकतम र न्यूनतम तापक्रम बढ्दै गएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
महाशाखाले तराई क्षेत्रमा अबको केही दिन तातो हावाको लहर अर्थात् ‘लू’ चल्न सक्ने भएकाले सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो हावा अर्थात् ‘लू’ का कारण सास फेर्न गाह्रो हुने, आलस्य बढ्ने, आँखाको समस्यालगायत हुन सक्छ ।
गर्मीको समयमा घरभित्र अथवा चिसो ठाउँमा बस्न, घाममा ननिस्कन, हल्का, पातला लुगा लगाउन, टाउको छोप्न, झोलिला पदार्थ पानी, जुस, सर्वत प्रशस्त पिउन र स्वास्थ्यमा समस्या भएमा अस्पताल जान डाक्टरको सुझाव छ ।
यसैबीच आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।