![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240517_134925004.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
हिले-धनकुटाको चौबिसे गाउँपालिका-४ मा फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । तमोर कोरिडोर सडक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन फलामेटारमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो ।
प्रहरी हवलदारको नेतृत्वमा ५ जनाको टोली अस्थायी प्रहरी पोष्टमा रहने छन् । तमोर कोरिडोर सडक अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको १ सय १२ किलोमिटरको दूरीमा पछिल्लो समय दैनिक ३ सय बढी सवारीसाधन सञ्चालनमा आउने गरेका छन् । उक्त सडक खण्ड अन्तर्गत पाँचथर खण्डमा एकमात्र प्रहरी चौकी रहेको र शान्तिसुरक्षाका दृष्टिले धनकुटातर्फ प्रहरी चौकी थप गरिनुपर्ने माग बढेकोले पहिलो चरणमा फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
चौबिसेको पालिका केन्द्र राजारानीबाट सवारीसाधनमा करिब दुई घण्टा दुरीमा रहेको तमोर कोरिडोर क्षेत्रमा प्रशासनको समेत दृष्टि कम पर्ने भएकोले प्रहरी चौकी थप गरिनुपर्ने स्थानीयले माग गर्दै आएका थिए । पछिल्लो समय वन पैदावार चोरी निकासी हुने, तमोर नदीमा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रम बढेकोले त्यसको नियन्त्रणका लागि प्रहरी निगरानी जरुरी स्थानीयको माग रहेको थियो । हाल सञ्चालनमा आएको प्रहरी पोष्टलाई प्रहरी चौकीको रूपमा स्तरवृद्धि गर्ने पहल भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो । उहाँले सडकमा सञ्चालन हुने सवारी साधनको चेकजाँचलाई कडाइ पारिने बताउनुभयो ।
अस्थायी प्रहरी पोष्टको चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल तथा जिल्ला प्रहरी प्रमुख श्यामसिंह चौधरीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।