Aamsanchar

नयाँबजारमा दुई समूहबीच ग्याङ फाइट, खुकुरीसहित ९ जना पक्राउ

Author Image
शुक्रवार, जेठ ४, २०८१

काठमाडौं – कीर्तिपुर नगरपालिका-१० नयाँबजारमा दुई समूहबीच ग्याङ फाइट भएको छ । ग्याङ फाइटमा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् ।

२ जेठमा साँझ ७ बजेको समूहमा नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्काको समूहबीच खुकुरी हानाहान भएको हो । खुकुरी हानाहान गरेको आरोपमा ९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।पक्राउ पर्नेहरुमा अछामको बिरपद गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका २७ वर्षीय मोहन खड्का, अछाम कमलबजार–१ घर भइ गट्ठाघर बस्दै आएका २१ वर्षीय धु्रवबहादुर विष्ट, बझाङको दुर्गाथली गाउँपालिका–७ घर भइ पुतलीसडक बस्दै आएका २० वर्षीय उपेन्द्र सिंह, बझाङको खप्तड गाउँपालिका–५ घर भइ मैतीदेवी बस्दै आएका २१ वर्षीय सुदिप गिरी छन् ।

त्यसैगरी अछामको रामारोशन गाउँपालिका–७ घर भइ रातोपुल बस्दै आएका २३ वर्षीय नवीन भनिने नृप भण्डारी, बैतडीको पुरचौडी नगरपालिका–१ घर भएका २७ वर्षीय जयन्त धानुक, कैलालीको गैरीगंगा नगरपालिका–५ घर भइ नयाँ बानेश्वर बस्ने २० वर्षीय तेज थापा, गैरीगंगा–९ घर भइ च्यासल बस्ने २२ वर्षीय तपेन्दराज्र खाती र बझाङको थलगा गाउँपालिका घर भइ बानेश्वर बस्दै आएका २१ वर्षीय सुनिल रोका छन् ।प्रहरीले उनीहरुबाट खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेका सुदीप गिरीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर